दिल्लीले जसलाई नेपाल हेर्ने जिम्मा दियो
यतिबेला नेपालको मित्रराष्ट्र भारत आफ्ना सबैजसो छिमेकीसँग द्वन्द्वरत छ । र, उसका अनेकन पेलपालप्रति छिमेकीहरुको सतर्कता पनि बढेको छ ।
सन् १९४७ मा भारतबाटै छुटेको पाकिस्तान र सन् १९६२ देखि कालापानीको तनाव झेल्दै गरेको नेपाल, अनि चीनसँग सिमानाको विवाद छँदैछ । बंगलादेश, श्रीलंकासँग समुद्री भूभागका लफडा पनि उत्तिकै छ ।
अचम्म त के भने, भारतको विदेश नीतिमा नेपाल पटक–पटक जोडिन आउँछ । भर्खरै उसले नेपालको लागि राजदूतपछि दोस्रो वरियताको कूटनीतिज्ञसमेत परिवर्तन गरेको छ । उता, विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव हेरफेर भएको छ । यससँगै नेपालका लागि पाकिस्तानले रणनीतिक तवरले राजदूत फेरेको छ । उसले पठाउने राजदूत दिल्लीबाट आउन लागेका हुन् । अनि, दिल्लीबाट लखेटिएका राजदूत दर्जाका उच्चायुक्तलाई पाकिस्तानले चीन पठाउने भएको छ ।
भारतीय विदेश मन्त्रालयको हेरफेरचाहिँ कस्तो छ भने, सन् २०१८ पछिको छोटो समय क्रोएसियाको निम्ति राजदूत रहिसकेका पश्चिम बंगालको कोलकाता निवासी अरिन्दम बागचीले अब नेपाल र भूटान मामिला हेर्ने भएका छन् । नर्थ डेस्क हेर्ने पियुषकुमार बहराइनका लागि राजदूत नियुक्त भएपछि त्यो ठाउँ खालि हुन लागेको हो । १० दिनपछि बहराइन उड्ने पियुष अहिले अरिन्दमलाई काम–कुरा सिकाउँदै छन् ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण