पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी
काठमाडौं – दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।
“मन्दिर खुला गरिए पनि कोरोना भाइरस (कोभिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उनी भन्छन् । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो महिना दर्शनार्थी एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भनेर मन्दिर आसपास आइरहेका छन् ।
पशुपतिनाथका नित्य दर्शनार्थी सिनामङ्गल निवासी मनोज भण्डारीका अनुसार निकै दर्शनार्थी मन्दिर परिसरमा पस्न चाहिरहेका छन् । कतिपयले अमालकोट कचहरीस्थित जलद्रोणी दक्षिण फर्किएको खञ्जनेश्वर, सिफलको भण्डारेश्वरलगायत आफ्नै बसोबासस्थल आसपासका शिवालयमा शिवको अर्चना गरिरहेका छन् ।
एकाध स्थानीयवासी बोलबम आफूखुसी खञ्जनेश्वर र जयबागेश्वरीस्थित महामृत्युञ्जयमा दर्शनका लागि आए, बिहीबार एकादशीसमेत परेकाले यहाँ बोलबमको सामान्य जमघट भयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण