सडक कालोपत्रे गरेको दुई दिनमै खाल्डा
रसुवा – पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षात्को समयमा हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् ।
पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान सडकखण्ड अन्तर्गतको कालिकास्थान बजार क्षेत्रमा जानुकादेवी कन्स्ट्रक्सनले काम गर्ने जिम्मा पाएको थियो । वर्षात्को समयमा हतारोमा झारा टार्नेजस्तो काम भयो, कालिका गाउँपालिका–२ का नागरिक अगुवा झङ्कनाथ न्यौपानेले भने, कालिकास्थान बजारजस्तो ठाउँमा पनि सडक पिच गरेको दुई दिन टिकेन भने अन्यत्र के होला ?
जानुकादेवी कन्स्ट्रक्सनले १९ स्क्वायर मिटर सडक मर्मतको जिम्मा पाए पनि काम पूरा नगरेकाले भुक्तानी रोकेको सडक विभाग नुवाकोटले जनाएको छ । छ महिना अगाडि नै टेन्डर भए पनि ठेकेदारले समयमा काम नथालेकाले वर्षात्को समयमा काम गर्दा कालोपत्रे उप्केको सडक विभागका इन्जिनियर राजेन्द्र श्रेष्ठले बताए ।
कालिकास्थानको गन्तव्य पेट्रोल पम्पनजिकै नाली र ह्युमपाइप नभएकाले पनि समस्या भयो, सडक पिच उप्केको हो, अब सडक विभागले मर्मत गर्छ, श्रेष्ठले बताउनुभयो । सडक विभागले उत्तरगया कन्स्ट्रक्सनका घनबहादुर गुरुङ र जानुकादेवी कन्स्ट्रक्सनका लेखनाथ अधिकारीलाई सो सडक मर्मतको काम जिम्मा दिएको थियो । लागत इस्टिमेटअनुसार काम नगरेकाले भुक्तानी रोकेको सडक विभागले जनाएको छ । यो समाचार आजको गोारखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण