वर्षे झरीमा सुनिलले ल्याए ‘झरी परेको रात’
सोमबार, ०५ साउन २०७७, १२ : ५४
काठमाडौं । संगीतको लोकपप विधामा अनवरत साधनारत गायक सुनिल गिरीले वर्षे झरीको मौसम पारेर नयाँ गीत ‘झरी परेको रात’ ल्याएका छन् ।
ग्रामीण परिवेश टपक्क टिपेर आफ्नो गीतको भिडियो मार्फत पस्कन सिपालु सुनिलले यसपालि पनि सोही कुरालाई निरन्तरता दिएका छन् । भिडियोमा खरी ढुङ्गाले छाएको पुरानो घर समेत देख्न सकिन्छ ।
शब्द अनि संगीत सुनिलकै रहेको छ, गीतमा उनलाई त्रिशला गुरुङले स्वरमा साथ दिएकी छन् ।
भिडियोमा सुनिलसँगै श्रेया शर्माको अभिनय रहेको छ । सुनिलकै निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन, बिबेक बिकको सम्पादनरहेको छ । गीत सुनिलले आफ्नै अफिसियल युट्युब च्यानलबाट ल्याएका हुन् । सुनिलका ‘देउराली भञ्ज्याङ्’, ‘कस्तो यो मन’, ‘रोगै पिरती’ लगायत गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण