आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउड अभिनेता सोनू सूदले घरबार बिहिन दुई सन्तानकी आमालाई दिनेछन् छत

सोमबार, ०५ साउन २०७७, १३ : २७
सोमबार, ०५ साउन २०७७

बलिउड नायक सोनू सूदले लकडाउनका क्रममा प्रवासी मजदुरका लागि जति गरेका छन् त्यो फिल्म इन्डष्ट्रिमा कसैले गरेका छैनन् । आफ्नो घर जानका लागि पैदल हिँडिरहेका मजदुरहरुको समस्या देखेर सोनू सूदले हज्जारौंलाई आफ्नो बन्दोबस्तमा उनीहरुको घरसम्म पुर्याएका छन् । सोनू अहिले पनि मानिसहरुको मद्दतमा जुटेका छन् । हालै सोसल मिडियामा पाएको एक मेसेज पछि सोनूले पटनाको एक घरबार बिहिन परिवारलाई घर दिने निर्णय गरेका छन् ।

एक सामाजिक मिडिया प्रयोगकर्ताले सोनूलाई पटनाको एउटा तस्बिर पठाउँदै लेखे, ‘सर, यी महिलाको श्रीमान्को मृत्यु भएको छ र पटनामा बसिरहेकी थिइन् । तर घरबेटी निकालिदिएपछि एक महिनादेखि सडकको किनारामा भएका दुई साना बच्चा भोकले आत्तिएका छन् । कृपया मद्दत गर्नुहोस् । ’

यसको जवाफमा सोनू सूदले लेखे, ‘भोलि यो परिवारको टाउकोमा छत हुनेछ । यी साना बालबालिकाका लागि पक्कै एउटा घर हुनेछ ।’ सोनूको यो ट्वीटको धेरैले तारिफ गरेका छन् ।

प्रवासी मजदुरले सोनू सूदको नाममा राखे आफ्नो पसलको नामः

सोनूले लकडाउनका बेला केरलबाट केही मजदुरलाई विमानमार्फत् उद्दार गरेका थिए । यस्तै उडिसामा बस्ने एक मजदुरले आफ्नो पसलको नाम सोनू सूदको नाममा राखेका छन् । उनले आफ्नो पसलको नाम ‘सोनू सूद वेल्डिङ वर्कशप’ राखेका छन्  । यो तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ ।

लकडाउनको आफ्नो अनुभवबारे किताब लेख्नेछन् सोनूः

प्रवासी मजदुर र गरिबको मद्दतमा लगातार जुटेका सोनू सूदले केहि दिन अघि लकडाउनका बेलाको अनुभवबारे किताब लेख्ने घोषणा गरेका थिए । अहिलेसम्म किताबको नाम फाइनल हुन सकेको छैन । प्रवासी मजदुरलाई यस्तो मद्दत गरेकोमा सोसल मिडियामा सोनू सूदलाई भारत रत्न प्रदान गर्न माग उठिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप