बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति
अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्ये ३४ स्थानमा अझै अवरोध हटेको छैन भने कतिपय ठाउँमा आंशिक रूपमा सडक सञ्चालन भएको छ ।
सडक विभागले सडकखण्डमा रहेको अवरोध हटाउने प्रयास जारी राखे पनि भारी वर्षा तथा बाढीपहिराका कारण समस्या भइरहेको जनाएको छ । अवरुद्ध सडक खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सडक विभागका कर्मचारीलगायत खटिरहेका छन् ।
अवरुद्ध कतिपय ठाउँमा डाइभर्सन गरेर यातायात आवतजावत गराइएको छ भने कतिपय ठाउँमा सडक मर्मतको काम भइरहेको छ । सडक विभागले कतिपय ठाउँमा मंगलबारसम्मै भारी वर्षा भएकाले सडक खुलाउन अप्ठ्यारो भएको जनाएको छ ।
सडक विभागका अनुसार अरनिको हाइवेअन्तर्गत सिरिसेमा ३० असारदेखि सडक अवरुद्ध रहेको छ । यस्तै, अरनिको हाइवेअन्तर्गतको जम्बु र झ्यालेको अवरुद्ध सडक पनि खुल्न सकेको छैन । सडक विभागले अरनिको हाइवेअन्तर्गतकै डाकलांगका विभिन्न तीन ठाउँका सडक अवरोध पनि नखुलेको जनाएको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण