देशभरका ३८ ठाउँको अवरोध हटाइयो
लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
बाढी र वर्षाका कारण देशका विभिन्न ३५ ठाउँमा अझै पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ । तिनलाई खुलाउन प्रयास अगाडि बढेको जनाइएको छ । पूर्ण सञ्चालनमा ल्याउन आवश्यक उपकरणसहित जनशक्ति परिचालन गरिसकिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।
वर्षा हुने क्रम सामान्य हुँदै गएपछि अबको बढीमा दुई हप्ताभित्र मुलुकभरिका सबै अवरुद्ध सडक पूर्णमा रूपमा सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको जानकारीसमेत उनले दिए । सडक विभागका अनुसार राजधानीलाई मुलुकका अन्य भूभागसँग जोड्ने मुख्य राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गको जोगीमारा–मौवाखोला खण्डमा रहेको मौवाखोला पुलमा क्षति पु-याउँदा सो राजमार्ग अवरुद्ध भएको छ ।
त्यसैगरी अरनिको राजमार्गको सिरिसे, जम्बु, झ्याले, डाङलाङमा पहिरो र बाढीका कारण सडक भाँसिदा सो राजमार्ग अवरुद्ध भएको छ । ती सडक खुलाउन प्रयास अगाडि बढाइएको सापकोटाले जानकारी दिए।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण