१६ वर्षकी अफगानी किशोरी, जसले बाबुआमा हत्याको बदला लिन ३ लडाकुलाई गोलीले ढालिन्
एक अफगानी स्कुले किशोरीले तीन तालिवानी बन्दुकधारीलाई गोली हानेर मारेकी छिन् भने अन्य धेरैलाई घाइते बनाएकी छिन् । विद्रोहीहरुले राजनीतिक कारण देखाएर आफ्ना आमा–बाबुलाई मारेपछि बदलामा यी युवतीले उनीहरुलाई गोली ठोकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
१६ वर्षीय कमर गुल यस घटनापछि सामाजिक सञ्जालमा नायकका रुपमा छाइरहेकी छिन्, विद्रोहीहरुसँग चलेको झन्डै १ घण्टा लामो गोलवारीमा उनले आफ्ना १२ वर्षीय भाइसँग मिलेर एके ४७ एसल्ट राइफल प्रयोग गरेकी थिइन् ।
गत सातादेखि झन्डै ४० जना तालिवानी लडाकुहरुले गेरिभस्थित उनीहरुको गाउँमा धावा बोलेका थिए । यी युवतीसँग भिडन्त हुनभन्दा केही क्षणअघि मात्रै लडाकुहरुले उनका बाबु– आमालाई मारेका थिए किनकी ती बाबुआमा अफगानी सरकारका समर्थक थिए, तालिवानले झन्डै दुई दशकदेखि अफगान सरकारलाई ढाल्न खोजिरहेको छ ।
‘लडाकुहरु उनीहरुको ढाकामै आए र यी किशोरकी आमा कसले ढोका ढक्ढक्याउँदैछ भनेर हेर्न पुगिन् । जब उनले देखिन् कि ती व्यक्ति हतियारधारी थिए, त्यसपछि ढोका खोल्न अस्विकार गरिन्,’ प्रान्तीय सरकार प्रवक्ता अरिफ अबरले भने,‘लडाकुहरुले कमरकी आमालाई गोली हाने । त्यसपछि घरभित्र छिरेर उनका बाबुलाई मारे ।’
यो आक्रमणको साक्षी बनेको कमरले परिवारसँग रहेको राइफल उठाइन् र लगत्तै गोली हानेर तीन लडाकुलाई मारिन् । त्यसपछि उनले आफ्ना भाई हाबिबुल्लाहसँग मिलेर एक घण्टासम्म अन्य लडाकुविरुद्ध भिडन्त गरिरहिन् । अन्तत केही अन्य गाउँले र हतियारधारीले पनि लडाइँमा भाग लिए र तालिवानीहरु भाग्न बाध्य भए ।
अबरका अनुसार कमर र हाबिबुल्लाहलाई अहिले घोर प्रान्तकै अलग स्थानको एक सुरक्षित घरमा लगिएको छ । ‘उनीहरु सुरुका दुई दिन स्तब्ध थिए र केही बोल्न सकिरहेका थिएनन् । तर अहिले राम्रो अवस्थामा छन्,’ अबरले भने,‘ उनीहरु भन्दै थिए कि यो हाम्रो अधिकार हो किनकी हामी हाम्रा अभिभावक बिना बाँच्नुपर्ने आवश्यकता छैन । त्यही गाउँमा बस्ने आफ्ना सौतेनी दाजुबाहेक उनीहरुसँग अन्य धेरै आफन्त पनि थिएनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण