भारतीय तस्करको निसानामा सशस्त्र प्रहरी
काठमाडौं – कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ ।
सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्करी रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आक्रमण प्रयास गरिएको हो ।
गत आइतबार मात्रै झापाको सीमावर्ती क्षेत्र गौरीगन्जमा भारतीय तस्करको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । गौरीगन्ज गाउँपालिका–५ मा रहेको १५२ नम्बरको सीमास्तम्भ पूर्व मल्हाटोलनजिकै सिमानामा आवतजावतको विषयलाई लिएर सुरक्षाकर्मीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीले तस्करलाई भगाउन चार राउन्ड हवाई फायर गरेको थियो ।
त्यसको अघिल्लो दिन (शनिबार) सोही स्थानमै सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास भएको थियो । सशस्त्र प्रहरीका उपरीक्षक रेशमकुमार थक्सुका अनुसार सो क्रममा भारतीय तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका थिए ।
घटनापछि स्थिति नियन्त्रणमा लिन शनिबारसमेत सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो ।
यसैगरी, झापा गाउँपालिका–४ सुकुमबासी बस्तीनजिकै रहेको सीमा क्षेत्रमा समेत २२ वैशाखमा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएको थियो । सीमास्तम्भ १३१ नजिकबाट भारतीयहरू नेपाल प्रवेश गर्न लाग्दा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई भगाएको थियो । वैशाख अन्तिम सातासमेत कचनकवल गाउँपालिकामा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण