आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेता रणवीरले भने, ‘मलाई बदनाम गर्ने कोसिस गरियो, देशसमेत छोड्नु पर्यो’

बिहीबार, ०८ साउन २०७७, १० : ३४
बिहीबार, ०८ साउन २०७७

बलिउडमा जतिबेला नेपोटिजमको बहस सुरु हुन्छ, सबैभन्दा शीर्ष स्थानमा आउँछ कंगना रनौतको नाम जसले हरेक मौकामा दिग्गज कलाकारलाई ऐना देखाउनुका साथै आफ्ना संघर्षका दिनबारे पनि बताउने गर्छिन् । तर उनीमाथि मात्रै यस्तो भएको होइन । बलिउडका अन्य यस्ता कलाकार पनि छन् जसले यो उद्योगमा आफूलाई एक्लो पाएका छन् ।

रणवीर शौरी भए नेपोटिजमको शिकार ?

यस्तै एक अभिनेता छन् रणवीर शौरी जो सोसल मिडियामा पछिल्लो समय निकै सक्रिय भएका छन् । उद्योगबारे तितो सत्य बताउनुदेखि अनुराग कश्यपसँग ‘तँतँ–मम’ सम्म, रणवीर शौरी पछिल्लो केही दिनदेखि खुल्ला रुपमा आफ्नो बयान दिँदै आएका छन् । रणवीरले सोसल मिडियामाा आफ्ना संघर्षका दिन याद गरेका छन् । उनलाई बलिउडमा कुनै बेला एक्लै छोडिएको र बदनाम गर्ने कोसिस गरिएको पनि उनले बताए ।

संघर्षका दिनः

यसै सिलसिलामा रणवीरले ट्वीट गर्दै भने, ‘म कसैको पनि नाम लिन सक्दिनँ किनभने मसँग कुनै प्रमाण छैन । तर म यो मुद्दामा यसकारण बोलिरहेको छु किनभने ममाथि पनि यी सब भए, एक्लै छोडिइनु, गलत बोल्नु, मिडियामा झुटो खबर फैलाउनु । सन् २००३–२००५ बीच म अत्यधिक तनावमा रहेको छु । मलाई त्यहि व्यक्तिले यी सब गरे जसको नाम आज पनि आइरहेको छ । म यसकारण जीवित भएँ किनभने मसँग परिवार र साथीभाइ थिए । मैले त देशसमेत छोड्नुपर्यो किनभने मविरुद्ध यति खराब स्थिती बनेको थियो । म त्यतिबेला ३३ वर्षको मात्रै थिएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप