नायिकामाथि भड्किइन् कंगनाः भनिन्, ‘सुशान्तमाथि बलात्कारको आरोप लाग्दा आफ्नो दोस्तीको किस्सा किन सुनाइनौ ?’
सुशान्त सिंहको अचानक मृत्यु भएपछि कंगना रनोट सोसल मिडियामा आफ्नो अफिसियल टिमको माध्यमले निकै सक्रिय रहेकी छिन् । उनले सोसल मिडिया र मिडियासँगको अन्तरवार्तामा बलिउडमा नेपोटिजम, समूहवाद, फेभरटिजम, क्याम्पमा दबदबाविरुद्ध मोर्चा खोलेकी छिन् ।
कंगनाले बलिउडका अन्य थुप्रै नायिकासँग दुश्मनी पनि मोलेकी छिन् र यो विवाद अहिले पनि जारी छ । यसैबीच कंगनाले अब सुशान्तकी अन्तिम सह–कर्मीमाथि निशाना साँधेकी छिन् । संजनाले सुशान्तसँग उनको अन्तिम फिल्म दिल बेचारामा काम गरेकी छिन् जुन जुलाई २४ तारिखमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ ।
संजनामाथि भड्किइन् कंगानाः
कंगनाको आधिकारिक ट्वीटर ह्यान्डलमा सुशान्त र संजनामाथि लेखिएको पुरानो आर्टिकलको लिङ्क सेयर गरिएको छ । उक्त आर्टिकलमा सुशान्तको असाध्यै मित्रवत् व्यवहारले तनावमा भएर संजनाले सुटिङ बीचमा नै छोडिदिएको भन्ने जानकारी उल्लेख छ ।
Many blinds claimed tht Sushant raped Sanjana,such news abt her harassment wr common in those days,Why Sanjana took her own sweet time to clarify?Why she nvr spoke so passionately abt her friendship with him when he ws alive? @mumbaipolice cn investigate🙏https://t.co/C2wvzuXuGU
— Team Kangana Ranaut (@KanganaTeam) July 22, 2020
उक्त आर्टिकल सेयर गर्दै कंगनाले क्याप्सनमा लेखेकी छिन्, ‘थुप्रै खबरमा सुशान्तले संजनाको बलात्कार गरेको दाबी गरिएको थियो । यस्तो प्रकारको खबर त्यतिबेला आउनु साधारण भएको थियो, त्यतिबेला संजनाले यसबारे बोल्ने हिम्मत किन उठाइनन् ? जब सुशान्त जिउँदो थिए तब संजनाले आफ्नो दोस्तीको किस्सा यति तल्लीनताका साथ सबैलाई किन सुनाइनन् ? मुम्बई प्रहरी अनुसन्धान गर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण