उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु
काठमाडौँ – काठमाडौँ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ ।
उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन गरी आर्थिक साझेदारीमा एकीकृत कार्ययोजना निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको हो ।
काठमाडौँ र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटै नगरको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले सबै नगरलाई एउटै भूगोल मानी एकीकृत विकासको कार्ययोजना तयार गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
हाल काठमाडौँमा महानगरसहित ११, ललितपुरमा महानगरसहित तीन र भक्तपुरमा चारवटा नगरपालिका छन् । छवटा स्थानीय तह भएको ललितपुरमा तीनवटा गाउँपालिका छन् । ती गाउँपालिकालाई एकीकृत विकासमा समेटिएको छैन ।
काठमाडौँ र ललितपुर महानगर भौगोलिक रूपमा सानो भए पनि बाक्लो बस्तीले व्यवस्थित सहरीकरणमा समस्या छ । दुई महानगरबाहेक अन्य १६ वटा नगरपालिकामा खेतीयोग्य जमिन, खुला क्षेत्र, वन लगायतका भूगोल धेरै भएकाले ती क्षेत्रमा व्यवस्थित सहरीकरण निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण आर्यालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण