बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा घर भत्किँदा वृद्धको मृत्यु

शुक्रबार, ०९ साउन २०७७, १५ : ०४
शुक्रबार, ०९ साउन २०७७

नुवाकोट । अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा आज बिहान झरेको पहिरोले पाँच घर पुरेको छ । स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार बेलकोटगढी नपा–५ लामाछौरमा पहिरोले पाँच घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन् । दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन् ।

पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ । प्रहरी र स्थानीयसीले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै बेलकोटगढी नपा–५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पुरेको छ । आज बिहान आएको पहिरोले पाँच घर पुरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप