नुवाकोटमा घर भत्किँदा वृद्धको मृत्यु
नुवाकोट । अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा आज बिहान झरेको पहिरोले पाँच घर पुरेको छ । स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार बेलकोटगढी नपा–५ लामाछौरमा पहिरोले पाँच घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन् । दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन् ।
पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ । प्रहरी र स्थानीयसीले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै बेलकोटगढी नपा–५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पुरेको छ । आज बिहान आएको पहिरोले पाँच घर पुरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण