मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

डिपी दाहालको ‘मायाको घरवार’ सार्वजनिक (भिडियोसहित)

शुक्रबार, ०९ साउन २०७७, २० : ०५
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोतम सुवेदी र अस्मिता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोत्तम सुवेदीकै रहेको छ । 

गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । मायाप्रीतिकै कथावस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा  अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरीयोग्राफी प्रविन थापा र सम्पादन, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । 

मनको ढोका खोलेर भन
पिरतीमा नगर दोमन
असलीलाई चहिदैन कसी
थाहा हुन्न् दिलभित्र नबसी
हित्त चित्त मिलाउने पियार
पक्का गरांै मायाको घरबार
तिम्रो कुरा भर गर्नु कसरी
घरमा फेरि भन्ने हो कसरी....

पछिल्लो पुस्ताकी रुचाइएकी गायिका अस्मिता अधिकारी र मन जित्ने संगीत श्रृजना गर्न सफल र स्वरका धनी पुरुषोतम सुवेदीको बेजोड स्वर रहेको यस गीतमा, मनका भावनाहरुलाई गीतका शब्दमा उतार्न सफल गीतकार डीपी दाहाल परिश्रमीले उतिकै मिठा शब्दहरु प्रस्तुत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप