सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली – सुदुरपश्चिम प्रदेशमा संकृय संक्रमित संख्या १ हजार ७४० पुगेको छ ।
शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट थप ८ जना कोरोना पुस्टी भएपछि सकृय संक्रमितको संख्या १ हजार ७४० पुगेको हो । कैलालीका ७ पुरुष र १ महिलामा संक्रमण पुस्टी भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
यसअघि ८ जना संक्रमितको मृत्यु भईसकेको छ । प्रदेशमा हालसम्म ३० हजार ४६९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार ४२५मा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । ३ हजार ६९३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार २४६ जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३००, बझाङ्गका १७१ ,बाजुरा ४४६, डडेल्धुराका २९१, दार्चुलाका २०, डोटीका ५९२ , कैलालीका १०७५ र कंचनपुरका ५१२ गरि ४ हजार ४४ रहेका छन । जस्मा महिला ९५१ , पुरुष ३ हजार ९३ रहेका छन । क्वारेन्टिाईनमा ३ हजार ६४३ पुरुष र १ हजार २७८ महिला रहेका छन ।
प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५६ गरी ७० जनाको उपचार भइहेको छ । ७६९ जना भने सामान्य उपचारपछि घर गईसकेका छन् । टिकापुरमा२३ , महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण