प्रभु साहले सार्वजनिक गरे वार्षिक प्रतिवेदन
आइतबार, ११ साउन २०७७, १७ : २१
रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्रको वार्षिक प्रतिवेदन बुझाएका छन् । आज मौलापुरमा आयोजित एक समारोहका बीच संघीय सांसद साहले २०७६/०७७ को कार्य प्रगति विवरण औंपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।
कार्य प्रगति विवरण सार्वजनिक गर्ने अवसरमा सम्बन्धित वडाका प्रतिनिधिहरूले योजनाको बारेमा प्रष्ट्याएका थिए । वार्षिक प्रतिवेदनमा सांसद साहको नेतृत्वमा आफ्नो निर्वाचन क्षेत्रसहित जिल्लामा भएका विकास कार्यक्रम र योजनाहरुलाई समेटिएको छ ।
अहिले सार्वजनिक प्रतिवेदनसहित गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आफ्नो निर्वाचन क्षेत्रका घर घरमा पुर्याउने योजना रहेको साहका स्वकीय सचिव विजय यादवले बताए । साहले रौतटहट क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण