३५ हजार नेपालीको उद्धार, सबैभन्दा बढी यूएईबाट
भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।
त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।
सबैभन्दा बढी यूएईबाट
विभिन्न एयरलाइन्सका उडानमार्फत संयुक्त अरब एमिरेट्स यूएईबाट सात हजार ७८५ जनाको उद्धार भएको छ । कुवेतमा आम माफी पाएका र अन्य अलपत्र परेकासहित पाँच हजार ५४९ जनाको उद्धार गरिएको छ ।
यस्तै साउदी अरबबाट पाँच हजार ६११, मलेसियाबाट पाँच हजार ३३३ जना र कतारबाट तीन हजार ९४१ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तान ३३, अस्ट्रेलिया ६३४, म्यानमारबाट २६, जापान ७५६, थाइल्यान्ड ३२६, दक्षिण कोरिया ४७६, बङ्गलादेश ८४१, माल्दिभ्स ७०९, श्रीलङ्का पाँच, सिङ्गापुर १४६, हङ्कङबाट ८९ र पाकिस्तानबाट ७२ जनालाई ल्याइएको छ ।
त्यसैगरी बहराइनबाट ९८०, ओमानबाट ४९२, अमेरिका ४२३, बेलायत २२९, इजरायल १२७, चीनबाट १०५ जना, टर्कीबाट ३४ जना र फिलिपिन्सबाट २०१ जना र इन्डोनेसियाबाट २० जनालाई स्वदेश फर्काइएको समितिले जनाएको छ ।
फर्केकामध्ये सबैभन्दा बढी बाग्मती प्रदेशका बासिन्दा रहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण