बलिउडका एक्सन निर्देशकको हृदयघातका कारण मृत्यु
बलिउडका एक्सन निर्देशक परवेज खानको सोमबार हृदयघातका कारण निधन भएको छ । उनी ५५ वर्षका थिए । उनी सन् १९८६ देखि फिल्म इन्डष्ट्रिमा काम गरिरहेका थिए । परवेज खानका सहायक निशान्त खानले सोमबार बिहान उनलाई हृदयघात भएपछि अस्पताल पुर्यायो । तर डाक्टरले उनलाई मृत घोषणा गरे । निशान्तका अनुसार उनलाई कुनै स्वास्थ्य समस्या थिएन तर आइतबार राती उनले आफ्नो छाती दुखेको बताएका थिए ।
हंसल मेहतासँग फिल्म ‘शाहिद’ मा काम गरेः
फिल्मनिर्माता हंसल मेहताले ट्वीट गर्दै लेखे, ‘एक्सन निर्देशक परवेज खान यो दुनियाँमा छैनन् भनेर भर्खरै थाहा भयो । हामीले फिल्म शाहिदमा सँगै काम गरेका थियौं जसमा उनले दंगाको सीन सिंगल टेकमा गरेका थिए । असाध्यै क्षमतावान्, ऊर्जाले भरिपूर्ण र उत्कृष्ट व्यक्ति । तिम्रो आत्माले शान्ति पाओस् । तिम्रो आवाज अझै पनि मेरो कानमा गुञ्जिरहेको छ ।’
Just heard that action director Parvez Khan is no more. We had worked together in Shahid where he executed the riots sequence in a single take. Very skilful, energetic and a good man. RIP Parvez. Your voice still rings in my ears!
— Hansal Mehta (@mehtahansal) July 27, 2020
अक्षय र शाहरुखसँग पनि काम गरेः
परवेज खानले एक्सन निर्देशक अकबर बख्शीको सहायको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । उनले अक्षय कुमारको ‘खिलाडी’, शाहरुख खानको ‘बाजिगर’ र बबी देओलको ‘सोल्जर’ जस्ता फिल्ममा काम गरे ।
थुप्रै हिट फिल्ममा काम गरेः
परवेजले सन् २००४ मा रिलिज भएको रामगोपाल वर्माको फिल्म ‘अब तक छप्पन’ बाट स्वतन्त्र रुपमा काम गर्न सुरु गरेका थिए । उनले फिल्म निर्माता श्रीराम राघवनसँग जोनी गद्दार, बदलापुर, अंधाधुनजस्ता फिल्ममा काम गरेका थिए । उनले सैफ अली खानको फिल्म एजेन्ट विनोदमा पनि काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण