भक्तपुरको कमलपोखरीमा डुबेर एक पुरुषको मृत्यु
मङ्गलबार, १३ साउन २०७७, २२ : ३८
भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
पोखरीमा डुबेर चाँगुनारायण नगरपालिका–९ ताथली खड्का टोलका ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
लगाएको लुगा पोखरीको डिलमा राखेर पोखरीमा खड्का पसेको र पौडी खेल्दै दुई पटक निस्किदै गरे पनि तेस्रो पटक पसेपछि पोखरीमा डुबेर बेपत्ता भएका थिए । पछि पानीबाट उद्धार गर्ने तालीम प्राप्त उद्धार सामग्री सहितको प्रहरी निरीक्षक सुवास बुढाथोकीको टोलीले उद्धार गरी भक्तपुर अस्पताल पु¥याउँदा चिकित्सकले खड्काको मृत्यु भइसकेको जानकारी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण