कारोबार हुनै छाड्यो जलविद्युत् कम्पनीका सेयर, लगानीकर्ता संकटमा
अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको हो । सूचीकृत कम्पनीको सेयर अंकित मूल्यभन्दा निकै कममा कारोबार हुँदासमेत नियमनकारी निकाय भने मौन छन् ।
अंकित मूल्यभन्दा कममा दोस्रो बजारमै सेयर पाउन थालेपछि आगामी दिनमा जलविद्युत् कम्पनीको प्राथमिक सेयर बिक्री गर्न प्रवद्र्धक कम्पनीलाई हम्मेहम्मे पर्दै आएको छ । सूचीकृत कम्पनीको वित्तीय अवस्था कमजोर भएकै कारण लामो समयसम्म कम्पनीले लाभांश दिन नसक्नु बजार घट्नुको अर्को प्रमुख कारण रहेको छ । जसका कारण लगानीकर्ता संकटमा परेका छन् ।
विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले लगानीकर्ताले जाँचबुझ गरेर लगानी गर्नुपर्ने बताए । उनले भने, ‘राम्रो कम्पनीको सेयर मूल्य अहिले पनि राम्रो छ, कम्पनीको अवस्था नहेरी लगानी गरेपछि आयोगलाई दोष दिनुहुँदैन ।’
जलविद्युत् आयोजनाको नियमन गर्न विद्युत् नियमन आयोग गठन भएको एक वर्षभन्दा बढी भएको छ । तर, जलविद्युत् आयोजनामा लगानी गर्ने लगानीकर्ताले महसुस नै गरेका छैनन् । नेपाल इन्भेयटर फोरमका अध्यक्ष छोटेलाल रौनियारले जलविद्युत् कम्पनीले लामो समयसम्म प्रतिफल दिन नसक्नु नै प्रमुख समस्या रहेको बताए ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण