नेकपा केन्द्रीय समिति बैठकको माग, नेताहरुले हस्ताक्षर बुझाउँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केही नेताहरुले केन्द्रीय समितिको बैठक माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाउने भएका छन् ।
बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा आज हस्ताक्षर बुझाउने केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् । स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग भएको छ ।
धुम्बाराहीमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेललाई केहीबेरमा हस्ताक्षर बुझाउने तय भएको झाँक्रीको भनाइ छ । केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।
प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने अडान लिएका छन् भने अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाललगायतका बुहमत सदस्यले राजीनामा माग गरिरहेका छन् । यसबारे पार्टीमा विवाद चर्किँदै गएपछि केन्द्रीय समितिको माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो ।
हस्ताक्षर संकलन भएपछि पार्टीलाई बुझाउन लागिएको छ । केन्द्रीय समितिको एक चौथाइ सदस्यले केन्द्रीय समितिको माग गरेपछि बैठक बसाउन सकिने प्रावधान अनुसार नै हस्ताक्षर अभियान शुरु गरिएको हो । नेकपामा ४४४ जनाको केन्द्रीय कमिटी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छ : सभामुख
-
लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
-
गर्मीमा पुदिना खानुका फाइदा
-
अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
-
अपाङ्गता अधिकारसम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ – पदमबहादुर परियार
-
बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ