ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ

समाचार सारांश
- प्रहरीले मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी काठमाडौं ल्याएको छ।
- इन्टरपोलको सहयोगमा पक्राउ परेका भण्डारीविरुद्ध रेड नोटिस जारी भएको थियो र उनलाई नेपाल ल्याउन प्रहरी अधिकृत कम्बोडिया गएका थिए।
- भण्डारीले मितेरी बचतको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ, र यस प्रकरणमा धनराज गुरुङ र ज्योति गुरुङमाथि पनि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौँ ल्याएको छ । इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । उनलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका थिए । सिंगापुर एयरलाइन्सको उडानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए । पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको थियो ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । बर्दिया घर भएका ज्योति भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन