सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
सारांश
- सर्लाही प्रहरीले ४२ लाखभन्दा बढीको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।
- प्रहरीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको हो, चालकसँग कागजात थिएन।
- ट्रकमा टायर, किसमिस, छाता र कस्मेटिक्स लगायतका सामानहरू थिए, थप अनुसन्धान हुँदैछ।
सर्लाही । सर्लाही प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । बुधबार बिहान विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा प्रहरीले साढे ४२ लाख भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय करमैयाको टोलीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले बताए । उनका अनुसार उक्त ट्रकका चालकसँग लोड गरिएको सामानको आवश्यक कागजात नभेटिएको र भएका कागजात शङ्कास्पद रहेकोले ट्रक नियन्त्रणमा लिइएको हो ।
भन्सार छलीका सामान भेटिएपछि थप अनुसन्धानको लागि ट्रक नियन्त्रणमा लिएर पथलैया राजश्व कार्यालयमा पठाइएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ट्रकमा भन्सार छलीका टायर, किसमिस, छाता, कस्मेटिक्ससहितका सामानहरू रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण