मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बारामा २२ किलो गाँजासहित एक जना पक्राउ

बुधबार, ०४ असार २०८२, ०८ : ३६
बुधबार, ०४ असार २०८२

सारांश

  • बारा र सिमरा प्रहरीको संयुक्त टोलीले २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ८ का रामपुकार सहनी रहेका छन्।
  • प्रहरीले सहनीलाई ईम्लिप्रति स्थित फिल्डमा गाँजा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।

रौतहट । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले विशेष सूचनाको आधारमा २२ किलो लागु औषध गाँजासहित एक जना मानिसलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

जीतपुर सिमरा उप(महानगरपालिका ८ ईम्लिप्रति स्थित फिल्डमा  २ वटा बोरामा लैजादै गरेको अवस्थामा संयुक्त टोलीले मंगलवार साँझ सहनीलाई पक्राउ गरेको डीएसपी पण्डितले जानकारी दिए।

लागू औषध गाँजा सहित सहनीलाई  नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप