बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी
बुधबार, ०४ असार २०८२, १७ : १३
सारांश
- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन्।
- पूर्वकप्तान सन्दीप लामिछानेसहित देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा परेका हुन्।
- बीबीएलको अक्सन जुन १९ मा हुनेछ, जसमा १९ देशका ४४० खेलाडी सहभागी छन्।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् ।
नेपाली टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेसहित पाँच जना खेलाडीलाई बीबीएलले ड्राफ्टमा राखेको हो ।
प्रतियोगिताका लागि सन्दीपसँगै देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् ।
सन्दीप अघिल्लो वर्ष पनि ड्राफ्टमा परेका थिए । अघिल्लो सिजन सन्दीपलाई कुनै टोलीले बोली लगाएनन् ।
बीबीएल ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् । बीबीएलको अक्सन जुन १९ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण