बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी

बुधबार, ०४ असार २०८२, १७ : १३
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन्।
  • पूर्वकप्तान सन्दीप लामिछानेसहित देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा परेका हुन्।
  • बीबीएलको अक्सन जुन १९ मा हुनेछ, जसमा १९ देशका ४४० खेलाडी सहभागी छन्।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् । 

नेपाली टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेसहित पाँच जना खेलाडीलाई बीबीएलले ड्राफ्टमा राखेको हो । 

प्रतियोगिताका लागि सन्दीपसँगै देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् । 

सन्दीप अघिल्लो वर्ष पनि ड्राफ्टमा परेका थिए । अघिल्लो सिजन सन्दीपलाई कुनै टोलीले बोली लगाएनन् । 

बीबीएल ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् । बीबीएलको अक्सन जुन १९ मा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप