समाचार
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे
आइतबार, २५ जेठ २०८२, २१ : २३
सारांश
- अमेरिकाले थप ३७ नेपालीलाई डिपोर्ट गरेको छ, जो अवैध रूपमा अमेरिका पुगेका थिए।
- उनीहरू चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण भएका छन्, जसमा ३२ पुरुष र ५ महिला छन्।
- ट्रम्पको आप्रवासन नीतिपछि डिपोर्ट हुने नेपालीको संख्या बढेको छ, हालसम्म १६३ पुगेको छ।
काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरू चार्टर्ड विमानमार्फत भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।
अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिला काठमाडौँ आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण