सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
समाचार

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे

आइतबार, २५ जेठ २०८२, २१ : २३
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • अमेरिकाले थप ३७ नेपालीलाई डिपोर्ट गरेको छ, जो अवैध रूपमा अमेरिका पुगेका थिए।
  • उनीहरू चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण भएका छन्, जसमा ३२ पुरुष र ५ महिला छन्।
  • ट्रम्पको आप्रवासन नीतिपछि डिपोर्ट हुने नेपालीको संख्या बढेको छ, हालसम्म १६३ पुगेको छ।

काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरू चार्टर्ड विमानमार्फत भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।

अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिला काठमाडौँ आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप