मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच सम्झौता

मङ्गलबार, ०३ असार २०८२, १५ : २८
मङ्गलबार, ०३ असार २०८२

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच स्थानीय ज्ञान सीप प्रवर्द्धनदेखि वैकल्पिक ऊर्जा सुधार गर्न एमयू र वीरेन्द्रनगरबिच सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमकाबिच  नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) र विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकमार गौतमबिच सम्झौता भएको हो ।

सम्झौतामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न र सहकार्य गर्ने कुरा उल्लेख छ । दुवै निकायबिच सहयोग र सहकार्यका लागि सम्झौता गरेका विषयमा सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचार–प्रसार र प्रकाशन वैकल्पिक ऊर्जा र वातावरणीय सुधारका कार्यक्रम छन् ।

विश्वविद्यालयसँग सामाजिक जनचेतना, तालिम, गोष्ठी लगायतका क्षमता विकासका कार्यक्रम र स्थानीय बस्तु तथा सेवा र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्ति लगायतका स्रोतहरूमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने तथा वर्गीकृत समुदायका लागि छात्रवृत्ति प्रदान गर्ने विषयहरू छन् । 

स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिको खोजी तथा प्रवर्द्धन र स्थानीय महत्वका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरू सम्झौता पत्रमा समावेश छ ।

‘स्थानीय स्तरमा गर्ने अध्ययन, विश्लेषण र अनुसन्धान गरी सेवा प्रवाहमा नगरपालिकाले सहकार्य गर्दै आएको छ,’ उनले भनिन् भनिन्, ‘कार्यगत क्षेत्रका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, सामाजिक कार्य र सुशासन सम्बन्धी व्यवस्थापनमा थप प्रभावकारी बनाउन विश्वविद्यालयसँग सहकार्य गरेका हौँ ।’

नगरबासीका आवश्यकता र चाहनाहरूको परिपूर्ति गर्न दीर्घकालीन र बलियो सहकार्यको लागि क्षेत्रहरूको पहिचान गर्दै काम अघि बढाइरहेको ढकालको भनाइ छ ।

सहकार्यका कार्यक्रम नगरपालिकाका विभिन्न संरचना र आवश्यकताअनुसार विश्वविद्यालय मातहतका निकायबिच कार्यान्वयनका लागि आपसी सहमति गर्न सकिने सम्झौतामा समावेश छ ।

दुवै निकायबिच भएको सहमति चार वर्षको रहेको र थप नवीकरण गर्न सकिने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप