अपराध
गृह मन्त्रालयका नक्कली कर्मचारी पक्राउ
बिहीबार, २२ जेठ २०८२, २१ : १५
१
काठमाडौँ । गृह मन्त्रालयको कर्मचारी हुँ भनी झुटो परिचय दिई विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरेर धम्की दिने एक व्यक्तिलाई प्रहरीले काठमाडौँको नक्साल क्षेत्रबाट पक्राउ गरेको छ ।
गृह मन्त्रालयबाट प्राप्त आदेशअनुसार खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नम्बर १, नक्सालबाट भक्त बहादुर रायमाझीलाई पक्राउ गरेको हो ।
५७ वर्षीय रायमाझी पाल्पा जिल्लाको नैनादेवी गाउँपालिका वडा नम्बर ७ स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौँको नक्सालमा बसोबास गर्दै आएका थिए ।प्रहरीका अनुसार रायमाझीले गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरेर झुटा कुरा गरी धम्की दिने कार्य गर्दै आएका थिए ।
सोही आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
-
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
-
लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने छ चालक नियन्त्रणमा
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
संसद्का दुई समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण