अन्योलताकै बीच उद्योग वाणिज्य महासंघले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं । उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई)ले आगामी साउन २१ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । महासंघको ५४औं साधारणसभा र नयाँ कार्यसमिति चयनको अन्योलताकै बीच एफएनसिसिआईले कार्यकारीणी समितिको बैठक बोलाएको हो ।
पटक–पटक गरी तीन पटकसम्म निर्वाचनको मिति तय गरेको महासंघले तेस्रो पटक तोकिएको समयमा समेत निर्वाचन गर्न नसकेपछि अब कसरी अघि बढ्ने भन्ने बारे छलफलका लागि बैठक बोलाइएको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए ।
‘अहिले महासंघमा जुन खालको समस्या चलिरहेको छ, त्यो त सबैलाई थाहैछ । करिब ५ महिनादेखि महासंघको साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन गर्न सकिरहेका छैनौं । तेस्रो पटकको साउन २६ र २७ गतेलाई तोकिएको समय समेत स्थगन गर्नुपरेको छ’ उपाध्यक्ष ढकालले भने, ‘यहि अन्योलताका बीच आगामी साउन २१ गतेका लागि महासंघको कार्यकारीणी समितिको बैठक बोलाएको छ । तर, उक्त बैठकले कस्तो नीति लिन्छ अहिल्यै यसै भन्न सकिन्न । जहाँसम्म मलाई लाग्छ,उक्त बैठकले महासंघको अबको बाटो तय गर्नेछ ।’
एफएनसिसिआईले यसअघि महासंघको साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि साउन २६ र २७ गतेका लागि मिति तय गरेको थियो । तर, कोरोनाको सन्त्रासकै बीच ठूलो जमघट हुनेगरी आयोजना हुन लागेको कार्यक्रमका लागि सरकारले स्वीकृति नदिएपछि महासंघले तोकिएको समय स्थगन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने