डिसीमा सामाजिक दूरी कायम गर्दै जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भव्यताको साथ सम्पन्न
डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा झन्डै एक दशकदेखि आफ्नो धर्म,संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले स्थापित डिसी नेपाली समाजले यस वर्ष पनि जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको छ ।
अमेरिकामा कोरोना भाइरसको महामारी भएता पनि मास्क (मुखावरण)लगाई र सामाजिक दूरी कायम गर्दै सोमबार विधिपूर्वक कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
बिहान ७ बजेदेखि साँझ ६ बजेभित्र जनै तथा रक्षा बन्धन पूजन तथा मन्त्रणा गरी वितरण गरिएको थियो । हरेक वर्ष डिसी महानगर क्षेत्रका नेपाली समुदायहरुको घुइँचो रहने यस पर्वमा यस वर्ष पनि अपेक्षा गरे भन्दा मानिसहरु ज्यादा आएका थिए ।
हरेक वर्ष यस दिन डिसी क्षेत्रका हजारौलाई क्वाटी समेत खुवाइने गरिन्थ्यो भने यस पटक क्वाटी नभएता पनि फलाहार वितरण गरिएको थियो ।
सो अवसरमा पण्डित गुरू राजेन्द्र खनालले वैदिक विधिपूर्वक जनै तथा रक्षा बन्धन पूजन तथा मन्त्रणा गरी वितरण गरेका थिए । सामाजिक दूरीलाई कायम राख्न सजिलो होस भनेर बाहिर खुल्ला ठाउँमा टेबुलमा ब्यबस्थित रुपले मन्त्रणा गरिएका जनै, रक्षा बन्धन र पूजन सामग्रीका पुरिया राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण