रातो ड्रेसमा बोल्ड रजनी
काठमाडौं । अभिनेत्री रजनी केसी पछिल्लो समय सानोपर्दामा निकै ब्यस्त छिन् । निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी रजनीले लोफर पछि लगातार केही फिल्म हात परेकी हुन् । तर फिल्मको असफलताले गर्दा उनी ठुलो पर्दामा जम्न भने सकिनन् ।
ठुलोपर्दामा राम्रो नफापे पनि उनलाई अहिले सानोपर्दा भने राम्रोसँग फापेको छ । सानोपर्दाका लागि उनलाई भ्याइनभ्याई समेत रहेको छ । पछिल्लो समय उनी निर्देशक निर्मल शर्माले बनाउने गरेको टिभी सिरियल, बिज्ञापन चलचित्रका अलवा गजित बिष्टको निर्देशक रहेको टेलिचलचित्र ‘अचानक’मा समेत ब्यस्त रहेकी छन् ।

फिल्ममा हट एण्ड बोल्ड लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लुक्समा देखिने गरेकी छन् । तर पनि उनीबाट भने दर्शक निरास हुन परेको छैन किनभने बेलाबेलामा उनी सामाजिक सञ्जालमा हट एण्ड बोल्ट तस्बिर सार्वजनिक गर्दै दर्शकको प्यास मेटाउँदै आइरहेकी छन् ।
हालै पनि रजनीले सामाजिक सञ्जालमा एक रातो ड्रेसको केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी हट एण्ड बोल्ड लुक्समा प्रस्तुत भएकी छन् । तस्बिरमा उनी निकै सुन्दर समेत देखिएकी छन् । तस्बिरलाई उनका फ्यानले राम्रो प्रतिक्रिया समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण