जनताको रोजाईमा अक्षय पहिलो नम्बरमा
भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघिसकेको छ । भाइरसका कारण फिल्म हलहरु बन्द छन् । बलिउड फिल्मको सुटिङ पनि रोकिएको छ । कोरोनाकाल पहिल्यै सुटिङ सकिएका केही फिल्महरु डिजटल प्लेटफर्ममार्फत सार्वजनिक हुँदैछन् ।
तर, यो प्लेटफर्म अझै पनि आम भारतीयको सहज पहुँचमा छैन । यी सबैका बाबजुद ताजा सर्वेक्षणअनुसार शाहरुख खान, सलमान खान, आमिर खान र अमिताभ बच्चन चर्चित अभिनेताको सूचीमा शीर्ष १० भित्र छन् । तर नम्बर १ अक्षयकुमार छन् । देशका २४ प्रतिशत जनताले अक्षयलाई नम्बर एक हिरो मान्छन् ।
मिडिया समूह इन्डिया टुडेले गरेको यस र्सेमा देशका १२ हजार जनताको राय लिइएको थियो । यसमध्ये २४ प्रतिशतले अक्षयकुमार तथा २३ प्रतिशतले अमिताभ बच्चनलाई नम्बर एक अभिनेता माने ।
यस सर्वेक्षणमा शाहरुख खान ११ प्रतिशत भोटसहित तेस्रो स्थानमा, सलमान खान १० प्रतिशतसहित चौथो र आमिर खान ६ प्रतिशत भोटसहित पाँचौ स्थानमा छन् ।
अजय देवगन, ऋतिक रोशन र रणविर सिंहले समान ४–४ प्रतिशत भोट पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण