मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

नीता अब गायिका

आइतबार, ३२ साउन २०७७, १२ : १८
आइतबार, ३२ साउन २०७७

 काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरु धमाधम गायनमा समेत देखिन थालेका छन् । रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ लगायत नायिकाको नाम गायिको लिष्टमा समेत समावेश भएको छ । यो भिडमा नीता ढुंगाना पनि थपिएकी छन् । 

नीताले आफ्नै स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएर आफूलाई गायिकाको रुपमा समेत चिनाएकी हुन् । 
उक्त भजनको भिडियो समेत उनले आफ्नै प्रोडक्सन हाउस नीता फिल्मस्बाट गराएकी छन् । जसको छायाँकन शनिवार राजधानीमा गरिएको छ । भजनको भिडियोमा उनले नै अभिनय गरेकी छन् । भिडियो छिट्टै सार्वजनिक हुने बताइएको छ । 

नीताले आफ्नो नामबाट नीता फिल्मस् राखेकी हुन् ।  यसबाट उनी छिट्टै फिल्म समेत निर्माण गर्दैछिन् । जसको निर्देशन समुन्द्र भट्टले गर्ने भएका छन् । फिल्ममा उनको जोडी कोशिश क्षेत्री हुनेछन् । कोरोनाको कहरको अत्यपछि फिल्म छायाँकनमा जाने उनले बताउँदै आएकी छन् । 

बालकलाकारको रुपमा अभिनय थालेकी नीताका फिल्मको अलवा म्युजिक भिडियोको समेत रोजाइकी मोडल हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप