विद्युत् प्राधिकरण हालसम्मकै उच्च नाफामा
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।
विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव २०७५/७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६/७७ मा हालसम्मकै उच्च रु. ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ ।
त्यस्तै आव २०७५/७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६/७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई कार्यरूप दिन विकासमा अन्य आयामको संवाहकका रूपमा प्राधिकरणको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
३५औँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै मन्त्री पुनले स्वदेशी विद्युत् उत्पादन वृद्धि, माग र आपूर्ति व्यवस्थापन तथा व्यापारिक चुहावट न्यूनीकरणमा लाग्न निर्देशन दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण