कास्कीमा आज रातिदेखि निषेधाज्ञा जारी हुने
पोखरा – महामारीको रुप लिई रहेको कोरोना भाइरस संक्रमणको रोकथामको लागि कास्कीमा मंगलबार राति १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्कीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने पुष्टि गरे ।
यसअघि पोखरा महानगरमा बसेको सर्वदलीय समितिको बैठकले निषेधाज्ञा जारी गर्न सुझाएपछि महानगरले प्रदेश सरकार कहाँ निषेधाज्ञा जारी गर्नको लागि सिफारिस पेश गरेको थियो ।
सोमबारदेखि लागू हुने गरि पोखरामा जारी हुने भनिभएको निषेधाज्ञा प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले सारेको थियो ।
बैठकले पोखरामा मात्र नभई सिंगो गण्डकीमा नै आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्न सकिने निर्णय लिएको थियो ।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार निषेधाज्ञा जारी भई सकेपछि अत्यावश्यक बाहेकका काममा निस्किन मनाही गरिएको छ । निषेधाज्ञामा खाद्यान्न ढुवानी गर्ने सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कुटनीतिक नियोगका अत्यावश्यक सवारी भने गुड्न पाउने छन् ।
आवश्यकताअनुसार प्रदेश नै निषेधज्ञा जारी गर्न सकिने निर्णय भए पनि औपचारिक निर्णय भने नभई सकेको प्रदेश संकट व्यवस्थापन केन्द्रका एक सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण