शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा आज रातिदेखि निषेधाज्ञा जारी हुने

मङ्गलबार, ०२ भदौ २०७७, ११ : ४७
मङ्गलबार, ०२ भदौ २०७७

पोखरा – महामारीको रुप लिई रहेको कोरोना भाइरस संक्रमणको रोकथामको लागि कास्कीमा मंगलबार राति १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि निषेधाज्ञा जारी हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्कीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने पुष्टि गरे । 

यसअघि पोखरा महानगरमा बसेको सर्वदलीय समितिको बैठकले निषेधाज्ञा जारी गर्न सुझाएपछि महानगरले प्रदेश सरकार कहाँ निषेधाज्ञा जारी गर्नको लागि सिफारिस पेश गरेको थियो । 

सोमबारदेखि लागू हुने गरि पोखरामा जारी हुने भनिभएको निषेधाज्ञा प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले सारेको थियो । 

बैठकले पोखरामा मात्र नभई सिंगो गण्डकीमा नै आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्न सकिने निर्णय लिएको थियो । 

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार निषेधाज्ञा जारी भई सकेपछि अत्यावश्यक बाहेकका काममा निस्किन मनाही गरिएको छ । निषेधाज्ञामा खाद्यान्न ढुवानी गर्ने सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कुटनीतिक नियोगका अत्यावश्यक सवारी भने गुड्न पाउने छन् ।
 
आवश्यकताअनुसार प्रदेश नै निषेधज्ञा जारी गर्न सकिने निर्णय भए पनि औपचारिक निर्णय भने नभई सकेको प्रदेश संकट व्यवस्थापन केन्द्रका एक सदस्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप