शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो

बुधबार, ०३ भदौ २०७७, ०८ : ५५
बुधबार, ०३ भदौ २०७७

नेपालमा मंगलबार हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टाभित्र देशभरिमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २८ हजार २ सय ५७ पुगेको छ । यीमध्ये १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित छन् ।  

संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभे्र, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एकएक पुरुष र तनहुँकी एक महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।  

कुल संक्रमित मध्ये हालसम्म १७ हजार ५ सय ८० जना निको भइसकेका छन् । नागरिक दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप