ब्ल्याक ड्रेसमा हट केली
लन्डन । हलिउड अभिनेत्री केली ब्रुकले रेडियो तथा टेलिभिजन दुवैमा आफ्नो करियर बनाएकी हुन् । करियरको अलवा यी अभिनेत्री हमेशा लुक्सको कारणले पनि चर्चामा रहने गर्दछिन् । उनको तस्बिर सोसल मिडियामा आउने बितिक्कै भाइरल हुने गर्दछन् ।

हालै साँझको समय उनी लन्डनको सडकमा देखिएकी थिइन् । सोही समय खिचिएका केही तस्बिर अहिले बाहिर आएको छ । ब्ल्याक ड्रेसको तस्बिरमा उमेरले ४० पुगेकी केली निकै बोल्ड देखिएकी छन् । आँखामा चस्मा, सटबल मेकअप, शेड्स र ओपन हेयर्समा केलीको सौन्दर्य झनै निखारिएको छ । उनले सडकमै मुस्कुराएर तस्बिरका लागि बिभिन्न पोज समेत दिएकी छन् । उनका ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फ्यानले पनि तस्बिर मन पराएका छन् ।
तस्बिरले धेरै लाइक र कमेन्ट समेत पाएको छ । केली आफ्नो फिटनेशका लागि समेत चिन्तित रहने गर्दछिन् । उनी आफुलाई फिट राख्न कयौं उपाय समेत अपनाउने गरेकी छन् । केली अक्सर आउटफिन्ट गरेको अवस्थामा देखिने अभिनेत्री पनि हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण