बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

लिदी पहिरो : मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

शनिबार, ०६ भदौ २०७७, १२ : १६
शनिबार, ०६ भदौ २०७७

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । 

आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 
 
पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । 

पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप