२५ वर्षको करियरमा सफलता नमिल्दा मलाई आफैमाथि दया आउँथ्यो, सधैँ रक्सीको नशामा डुब्थे : बबी देओल
बलिउड अभिनेता बबी देओलले ‘क्लास अफ ८३’ को माध्यमबाट ओटीटी प्ल्याटफर्ममा डेब्यू गरेका छन् । २१ अगस्तदेखि नेटफिल्क्समा उनको चलचित्र स्ट्रिम भइरहेको छ ।
बबी बलिउडमा ती अभिनेताहरुको सूचीमा पर्दछन् जसले आफ्नो प्रतिभा अनुसार काम पाएनन् । यस्तोमा ओटीटी प्ल्याटफर्मले उनको करियरमा नयाँ आयाम थप्ने आशा गरिएको छ ।
२५ वर्ष बलिउडमा बिताइसकेका बबीले हालसम्म अपेक्षाअनुसार बलिउडमा आफ्नो स्थान बनाउन सकेका छैनन् । हालै मात्र एक अन्तरवार्तामा उनले आफ्नो करियरको उतार चढावबारे कुराकानी गरेका छन् ।
बलिउड हंगामालाई दिएको अन्तरवार्तामा बबीले भनेका छन्, ‘जब तपाईंलाई आफूमाथि दया आउन थाल्छ, तपाईं आफू वरपरको दुनियाँलाई सराप्न थाल्नुहुन्छ । मसँग यो दुई–तीन वर्ष भयो । मलाई आफूमाथि दया लाग्न थालेको थियो । म सोच्न थालेको थिएँ कि कोही मसँग काम गर्न नै चाहँदैन । यही कारण म रक्सीको नशामा डुब्थे । तर, एक दिन जब मैले मेरो बच्चाहरुलाई हेरेँ मलाई मेरो गल्ती महसुस भयो ।’
‘उनीहरुको आँखामा हेरेर मलाई लाग्यो कि उनीहरु सोच्दैछन् मेरो बुवा त दिनभर घरमा मात्र बस्छन् । यो भाव मैले मेरो पत्नी र आमाको आँखामा पनि देखेँ । त्यसपछि मेरो भित्र केही कुरा बदलियो र मलाई लाग्यो कि अब यसरी हुँदैन, म अगाडि बढ्नुपर्छ । म अरुको भरोसामा बाँच्न सक्दिनँ र मैले एक्लै अघि बढ्नुपर्छ भन्ने सोचे । त्यसपछि मैले आफैमाथि काम गर्न थाले र पछिल्लो दुई–तीन वर्षदेखि म निकै व्यस्त छु ।’
बबीले आफ्नो बुबा धर्मेन्द्रको चलचित्र धरम वीरबाट बालकलाकारका रुपमा बलिउडमा डेब्यु गरेका थिए । हिरोका रुपमा उनले बरसात चलचित्रबाट डेब्यु गरे । त्यसपछि उनी करीब, गुप्त, बिच्छु, चोर मचाए शोर लगायत चलचित्रमा देखिए, ती चलचित्र फ्लप रहे ।
त्यसपछि कयौँ वर्ष कुनै काम नपाएपछि बबी निराशामा डुब्न पुगेका थिए । सन् २०१८ मा रेस ३ बाट उनले बलिउडमा पुनरागमन गरे । त्यसपछि उनी सन् २०१९ मा हाउसफुल ४ मा देखिएका थिए ।
क्लास अफ ८२ पछि बबी अर्को वेब सिरिज ‘आश्रम’मा पनि देखिनेछन् । यसमा उनी आध्यात्मिक गुरुको भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण