शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती नदीमा  बेपत्ता ३ बालिकामध्ये १ जना मृत फेला (अपडेट)

आइतबार, ०७ भदौ २०७७, १६ : ०४
आइतबार, ०७ भदौ २०७७

रौतहट । बाग्मती नदीमा  नुहाउन जाँदा बेपत्ता भएका ३ बालिकामध्ये १ जना मृत अवस्थामा फेला परेकी छिन् । आज बिहान  १० बजे रौतहटको धरमपुरघाट गढिमाई नपा–७ स्थित बागमती नदीमा नुहाउन जाँदा बेपत्ता ३ मध्ये धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखियाको शव फेला परेको हो ।

डुबेको स्थानबाट करिब २५ मिटर दक्षिणमा पिंकुको शवलाई प्रहरीले फेला पारेको सई क्षेत्रबहादुर बरुवालले बताए । उनीसँगै बेपत्ता स्थानीय लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिताकुमारी दास र सोही ठाउँ बस्ने छट्टु मुखियाकी  १० वर्षीया छोरी चन्चलकुमारी मुखियाको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

 घटनास्थलमा ईलाका प्रहरी कार्यालय समनपुरका स ई क्षेतबहादुर बरुवालको कमान्डमा ५ जना र सशस्त्र बेश क्याम्प समनपुरबाट ५ जनागरी १० जनाको टोलीले खोजी गरिरहेको गढिमाई नगरप्रमुख श्यामप्रसाद यादवले जानकारी दिए ।  बागमती नदीमा पानीको सतह बढेको र खोजी कार्य जारी रहेको सई बरुवालले जानकारी दिए । ऋषिपञ्चमीमा सप्तऋषिको पुजा गर्न आज बिहानै प्रत्येक घरका महिलाहरू गाउँ नजिकको नदी, खोला, तलाउ, पोखरी तथा जलाशयमा गएर नुहाईधुवाई गर्ने चलन तराई मधेसमा रहिआएको आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप