बागमती नदीमा बेपत्ता ३ बालिकामध्ये १ जना मृत फेला (अपडेट)
रौतहट । बाग्मती नदीमा नुहाउन जाँदा बेपत्ता भएका ३ बालिकामध्ये १ जना मृत अवस्थामा फेला परेकी छिन् । आज बिहान १० बजे रौतहटको धरमपुरघाट गढिमाई नपा–७ स्थित बागमती नदीमा नुहाउन जाँदा बेपत्ता ३ मध्ये धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखियाको शव फेला परेको हो ।
डुबेको स्थानबाट करिब २५ मिटर दक्षिणमा पिंकुको शवलाई प्रहरीले फेला पारेको सई क्षेत्रबहादुर बरुवालले बताए । उनीसँगै बेपत्ता स्थानीय लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिताकुमारी दास र सोही ठाउँ बस्ने छट्टु मुखियाकी १० वर्षीया छोरी चन्चलकुमारी मुखियाको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय समनपुरका स ई क्षेतबहादुर बरुवालको कमान्डमा ५ जना र सशस्त्र बेश क्याम्प समनपुरबाट ५ जनागरी १० जनाको टोलीले खोजी गरिरहेको गढिमाई नगरप्रमुख श्यामप्रसाद यादवले जानकारी दिए । बागमती नदीमा पानीको सतह बढेको र खोजी कार्य जारी रहेको सई बरुवालले जानकारी दिए । ऋषिपञ्चमीमा सप्तऋषिको पुजा गर्न आज बिहानै प्रत्येक घरका महिलाहरू गाउँ नजिकको नदी, खोला, तलाउ, पोखरी तथा जलाशयमा गएर नुहाईधुवाई गर्ने चलन तराई मधेसमा रहिआएको आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण