चौधरीले दिएको बुद्ध मुर्ति मेरिल्याण्डस्थित नेपाली मन्दिरमा
बिहीबार, २९ भदौ २०७४, ११ : ०५
वाशिंगटन डीसी–नेपालका अर्बपति बिनोद चौधरीले दिएको पशुपति बुद्ध मन्दिरको प्राण प्रतिष्ठा समारोह आगामी सेप्टेम्बर १७ मा गरिने भएको छ । उक्त प्राण प्रतिष्ठा समारोहमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की हुने छन् भने विशिष्ट अतिथि बिनोद कुमार चौधरीकी धर्मपत्नी सारिका चौधरी हुने भएकीछन् ।
नयाँबर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको बुद्धको मुर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई प्रदान गरेका थिए ।
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र तथा पशुपति बुद्ध मन्दिरमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण समेत गरिएको छ । लुम्बिनी बगैचाको परिकल्पनाकार महाबाणिज्य दुत तथा वरिष्ठ लोक गायक प्रेम राजा महत हुन् । सो बुद्ध प्रतिमा अनावरणपछि सार्बजनिक गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण