बेलायतमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या
लन्डन । पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गैरहेको छ । गएको २४ घन्टामा थप १ हजार ५ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
यो संख्या गत जुन दोस्रो हप्तापछिकै सबैभन्दा बढी हो । हिजो सार्वजनिक गरिएको तथ्याँकअनुसार १ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म बेलायतमा संक्रमित हुनेको कूल संख्या ३ लाख ३० हजार ३ सय ६८ पुगेको छ ।
यसैगरी गएको २४ घन्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । मृत्यु हुनेहरुमा विगत २८ दिनभित्र कोरोना संक्रमित पुष्टि भएका हुन् । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ४१ हजार ४ सय ७७ जनाको ज्यान गैसकेको छ ।
तर बेलायतको राष्ट्रिय तथ्याँक विभागले भने ५७ हजार २ सय को कोरोना संक्रमणबाट मृत्यु दर्ता गरिएको बताउंदै आएको छ । हालसम्म विश्वमा कोरोना संक्रमणका कारण ८ लाख ३२ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने २ करोड ४४ लाख ६७ हजार भन्दा बढी संक्रमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण