देशभर ७१ जना पत्रकारलाई कोरोना संक्रमण
काठमाडौं । देशका विभिन्न भूभागमा कार्यरत ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालकाअनुसार देशका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका हुन् ।
प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना छन् । यस्तै, प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन्, जसमा पर्सामा १३, बारामा ४, धनुषामा २, सप्तरीमा ३, सर्लाहीमा ३, महोत्तरीमा १ र रौतहटमा १ जना संक्रमित भएको सचिव दाहालले रातोपाटीलाई जानकारी दिए ।
यता बागमती प्रदेशमा भने ११ जना पत्रकार संक्रमित भएका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएका हुन् । त्यस्तै गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । उनीहरु कास्कीका १ जना र नवलपुरका ७ जना हुन् ।
प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति भएका छन् । कर्णाली प्रदेशको दैलेखमा १ जना पत्रकार संक्रमित भएका छन् । संक्रमितमध्ये केही पत्रकार निको भएर घर फर्किएको र केही उपचारको क्रममा रहेको पत्रकार महासंघले जनाएको छ ।
विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको भन्दै महासंघले विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनीहरुको निःशूल्क पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण