आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

‘ब्ल्याक प्यान्थर’ का स्टार चाडविक बोसम्यानको निधन

शनिबार, १३ भदौ २०७७, १० : ३७
शनिबार, १३ भदौ २०७७

एजेन्सी – हलिउड स्टार चाडविक बोसम्यानको निधन भएको छ । बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा निधन भएको हो । 

मार्वल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा मुख्य भूमिका निभाएका बोसम्यान ४ वर्षदेखि क्यान्सर पीडित थिए । 

समाचार एजेन्सी एपीका अनुसार चाडविकका सहयोगी प्रतिनिधिले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको निधन उनकै निवास लस एन्जलसमा भएको हो । 

एपीका अनुसार उनी आन्द्राको क्यान्सरबाट पीडित थिए । उनी अन्तिम समयमा उनकी पत्नी र परिवारसँग थिए । 

उनले आफ्नो करियरमा ‘42’ र ‘Get on Up’ जस्ता फिल्ममा काम गरेका उनले सन् २०१८ मा मार्वल सिनेम्याटिक युनिभर्स फिल्मको ‘ब्ल्याक प्यान्थर’ मा टि–चाला/ब्ल्याक प्यान्थरको भूमिका निभाएका थिए । 

उनले ‘एभेन्जर्स–इनफिनिटी वार’ र ‘एभेन्जर्स एण्ड गेम’ जस्ता  ब्लकबस्टर फिल्ममा ब्ल्याक प्यान्थरकै भूमिका निभाएका थिए । उनको अन्तिम फिल्म 'Da 5 Bloods' यसै वर्ष रिलीज भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप