आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

पेरिसको सडकमा काइलीको स्टाइलिस लुक

आइतबार, १४ भदौ २०७७, १३ : ५५
आइतबार, १४ भदौ २०७७

लन्डन । हलिउड स्टार काइली जेनर अक्सर हट लुक्सका कारण चर्चामा रहने गर्दछिन् । २३ वर्षकी काइली मोडल, बिजनेश म्यानका साथसाथै एक छोरीकी आमा पनि हुन् । हालै काइली पेरिसमा देखिएकी थिइन् । उक्त समयको तस्बिर समेत खिचिएको छ ।

जसमा उनी कालो ज्याकेट, ब्राउन टप र ग्रे डेनिम जिन्समा स्टाइलिश देखिएकी छन् । ओपन शेयर्स र मिनिमम मेकअपमा उनको लुक एकदम फरफेट देखिएको छ । उनको साथमा एक महिला पनि रहेकी छन् । यो दौरानमा काइलीले स्टाइलका साथसाथै  सेफ्टीमा पनि ध्यान दिएकी छन् । उनले आफ्नो अनुहारमा माक्स समेत लगाएकी छन् । तस्बिरले इन्टरनेटको तापमान समेत बढाइरहेको छ । सोसल मिडियामा भाइरल भइरहेको उनको तस्बिरलाई फ्यानका लाइक समेत पाउने गरेका छन् ।

काइलीले सानै उमेरमा कयौं अभिनेत्रीलाई पछि पार्न सफल छिन् । उनको हट फिगरले उनी एक छोरी आमा हुन् भनेर भनेर अनुमान लगाउन कठिन पर्छ ।] उनी शोसल मिडियामा पनि निकै एक्टिभ रहने गरेकी छन् । उनी हरेक दिन केही न केही तस्बिर सार्वजनिक गर्ने गर्छिन् । जसका कारणले उनको हमेशा चर्चा हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप