रौतहट हत्या प्रकरणः मृतकका दुवै परिवारलाई जनही ६ लाख सहयोग
रौतहट । रौतहटमा केहि दिनअघि हत्या तथा मृत्यु भएकाका दुबै पीडित परिवारलाई जनही ६ लाख रुपैयाँ सहयोगको घोषणा गरिएको छ । गत साउन ३२ गते हत्या भएका गरुडा नगरपालिका ८ जिंगडियाका निरञ्जनराम चमार र प्रहरी नियन्त्रणमा मृत्यु भएका सोही ठाउँका विजयरामको परिवारलाई ६–६ लाख रुपैयाँ सहयोग हुने भएको हो ।
आइतबार प्रदेश २ सरकारले मृतक दुबैजनाको परिवारलाई जनही ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा दुबै परिवारलाई ५–५ लाख रुपैयाँ सहयोग उल्लेख गरिएको छ । त्यसैगरी प्रदेश २ का कृषि सहकारी मन्त्री योगेन्द्र यादव, गरुडा नगरप्रमुख ईनुराय यादव, रौतहटका सिडिओ ईन्द्रदेव यादव, उपमेयर रंगिलादेवी जयसवाल सहितको टोलीले मृतक निरञ्जनराम र विजजयरामको परिवारलाई भेटेर सान्त्वना दिएका छन ।
सो क्रममा मेयर ईनु राय यादवले दुबै परिवारलाई एक–एक लाख रुपैयाँको चेक सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । साथै मेयर यादवले दुवै परिवारलाई १२५ किलोको दरले चामल , १० किलोको दरले दाल र फलफूलसमेत हस्तान्तरण गरेको अनिलकुमार यादवले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण