सुशान्तको न्यायको लागि अष्ट्रेलिया र लन्डनमा गुञ्जियो आवाज
मुम्बई । अभिनेता सुशान्त सिंह राजपुतको न्यायका लागि भारतका अलवा विभिन्न देशबाट पनि आवाज उठ्न थालेको छ । हालै लन्डनमा एक ट्रकमा सुशान्तको तस्बिर लगाएर न्यायको आवाज उठाइएको छ । केहीदिन पहिले यस्तै माग अमेरिकाको क्यालिफोनर्नियामा पनि देखिएको थियो । अमेरिकापछि अष्ट्रेलियाको ७ बिलबोड्र्समा पनि यस्तै आवाज देखिएको छ ।
अहिले लन्डनमा पनि उनको न्यायका मागहरु उठिरहेका छन् । सुशान्तकी बहिनी श्वेताले न्यायका लागि आवाज उठेको ट्रकको फोटो र भिडियो इस्टाग्रामबाट शेयर समेत गरेकी छन् । जसमा उनले लेखेकी छन्– ‘लन्डनमा पनि सुशान्तको न्याय माग गर्दै आवाज उठ्यो ।’
गत १४ जुनमा सुशान्तको मृत्यु भएको थियो । उनको मृत्यको करिब तीन महिना हुन लाग्दा पनि यो केस अझै सुल्झिएको छैन । हरेक दिन यो केससँग जोडिएर नयाँ नयाँ खुलासा हुने गरेका छन् । सिबिआइले समेत यस बिषयमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यो केसमा सुशान्तकी प्रेमिका रियाको अलवा उनका भाई शौविक, निजी स्टाफ नीरज सिंह, दीपेश सावन्तलगायतलाई सोधपुछ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण