बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय पूर्व राष्ट्रपति मुखर्जीको अन्तिम दाहसंस्कार, छोरा अभिजितको यस्तो प्रतिक्रिया

मङ्गलबार, १६ भदौ २०७७, १९ : ४७
मङ्गलबार, १६ भदौ २०७७

एजेन्सी । दिवंगत भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अन्तिम दाहसंस्कार गरिएको छ । मंगलबार अपरान्ह २ बजे लोधीरोडस्थित श्मशानघाटमा राजकीय सम्मानका साथ उनको दाहसंस्कार गरिएको हो । कोरोना संक्रमणका कारण मृत्यु भएकाले उनको कोरोना प्रोटोकलअनुसार दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा उपस्थित उनका परिवार सबैले पीपीई किट लगाएका थिए ।  

अन्तिम दाहसंस्कारमा उनका छोरा अभिजित लगायत परिवारका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । मुखर्जीको दाहसंस्कार भैरहँदा उनका छोरा अभिजितले भने– ‘बुबाको उपस्थिति पुरै परिवारका लागि ठूलो सहयोग थियो । मेरो विचारमा उहाँको मृत्युको मुख्य कारण मस्तिष्क शल्यक्रिया हो, कोरोना होइन । हामी उहाँलाई पश्चिम बंगाल लैजान चाहान्थ्यौं तर कोरोना महामारीका कारण त्यो गर्न सकिएन ।’

भारतका १३ औं राष्ट्रपतिबाट जिम्मेवारी मुक्त भएको २ वर्षपछि (सन् २०१९) भारत रत्नबाट सम्मानित प्रणवको सोमबार ८४ वर्षको उमेरमा निधन भएको थियो । मंगलबार बिहान मुखर्जीको शव अन्तिम यात्राका लागि राजाजीमार्गस्थित उनको निवासमा पुर्याएको थियो । उनको पार्थिव शरीरमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका व्यक्तित्वहरुले श्रद्धाञ्जली दिएका थिए । उनको सम्मानमा त्यहाँको केन्द्र सरकारले ३१ अगष्टदेखि ७ दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप