नायक अर्जुन कपुर कोरोनाद्वारा संक्रमित
बलिउड अभिनेता अर्जुन कपुर कोरोनाद्वारा संक्रमित भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।
अर्जुन चाँडै नै यसबारे घोषणा गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । अभिनेताले दिउँसो आफ्नो आधिकारिक बयान जारी राख्ने पनि स्रोतले दाबी गरेको छ ।
अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए । त्यहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकाको सेट बनेको छ । यो विभाजनको नकारात्मक पक्षको प्रेम कथामा आधारित फिल्म हो ।
अर्जुन कपुरको आधिकारिक बयान आउनुअघि नै भास्करले अर्जुनको टीम र निर्माता निखिल आडवाणीसँग सम्पर्क गरेको तर उनीहरुले आधिकारिक जानकारी दिनुअघि समय माग गरेको बताइएको छ । अर्जुनका पिता बोनी कपुरले पनि यसका लागि समय मागे । अर्जुनले यसबारे आफ्नो ह्यान्डलबाट आधिकारिक जानकारी दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण