स्यानिटाइजर उत्पादन गर्दै आएको पामाकेयरको ह्यान्डवास बजारमा, विभिन्न फ्लेवरमा उपलब्ध
काठमाडौं । एक दशकदेखि जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको ब्राण्ड पामाकेयरले पछिल्लो समय ह्यान्डवास ल्याएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यो कम्पनीले विभिन्न फ्लेबरमा ह्यान्डवास प्रस्तुत गरेको कम्पनीका सञ्चालक महेशकुमार चौधरीले बताए ।
जिएमपी प्रमाणित प्लान्टमा स्यानिटाइजर लगायत जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित अन्य वस्तु उत्पादन गरी बिक्री वितरण गरिरहेको कम्पनीले कोभिड–१९ को महामारी बीच ह्यान्डवास उत्पादन सुरु गरेको हो ।
विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण रोकथाममा स्यानिटाइजर, ह्यान्डवास, साबुन, मास्क जस्ता वस्तुको भूमिका प्रभावकारी देखिएको तथा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरुले यसको प्रयोगमा जोड दिइरहेको सन्दर्भमा कम्पनीले सुपथ मूल्यमा सर्वसाधारणले गुणस्तरीय ह्यान्डवास प्राप्त गर्न सकून् भनेर यसको उत्पादन सुरु गरेको चौधरीले बताए ।
यो ह्यान्डवासमा ब्याक्टेरिया, भाइरस जस्ता मानव शरीरका लागि हानिकारक तत्वलाई समूल नष्ट गर्ने फर्मुला र पदार्थको सम्मिश्रण रहेको कम्पनीको दावी छ । कम्पनीले यसअघि नै पामाकेयर ब्राण्डमा स्यानिटाइजर उत्पादन गरी बजारमा उपलब्ध गराइरहेको छ । पामाकेयर स्यानिटाइजर उपभोक्तामाझ निकै लोकप्रिय छ ।
उनका अनुसार पामाकेयरका ह्यान्डवास विभिन्न फ्लेवरमा उपलब्ध छन् । उपभोक्ताले आफ्नो रुची अनुसार लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टीट्री एन्ड एप्पल फ्लेवरका ह्यान्डवास रोज्न सक्ने चौधरीले बताए । हाललाई २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य एक सय ५२ रुपैयाँ तोकिएको छ । रिफिल प्याकको हकमा एक लिटरको प्याक बजारमा पठाइएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण